Kath khabar
बाल्टिनमा डुबेर भक्तपुरमा ११ महिने शिशुको मृत्यु


                          भक्तपुर, माघ १४ । भक्तपुरमा पानीको बाल्टिनमा डुबेर ११ महिने शिशुको मृत्यु भएको छ ।

भक्तपुर नगरपालिका–५ भेलुखेलका लक्ष्मीप्रसाद देउलाका ११ महिने छोरा लक्ष्मणको बाल्टीनमा राखेको पानीमा डुबेर मृत्यु भएको हो । प्रहरीका अनुसार खाटमा सुतेका शिशु कपडा धुन राखिएको पानीको बाल्टीनमा खसेर डुबेका थिए ।

उनलाई उपचारका लागि भक्तपुरको सिद्धी स्मृति अस्पताल लगिएकामा शनिबार चिकित्सकले मृत घोषणा गरेका थिए ।

 

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update