Kath khabar
न्यायका लागि फेरि मिटरब्याज पीडितले काठमाडौंसम्म पैदलयात्रा गर्ने

 

                  काठमाडौं, माघ १५ ।  मिटरब्याज पीडितले न्यायका लागि फेरि काठमाडौंसम्म पैदल मार्च गर्ने भएका छन् । आज झापाको काँकडभिट्टामा पत्रकार सम्मेलन गरी उनीहरुले पैदल मार्च गर्न लागेको जानकारी गराएका हुन् ।

मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदूर संघर्ष समिति, नेपालका अध्यक्ष अवधेश कुशवाहाले भोलि झापा र कञ्चनपुरबाट एकैसाथ पैदल मार्च गर्ने बताउनुभयो । आफूहरुको समस्या समाधानका लागि गठन भएको आयोगले काम नगरेको र आफूहरुका समस्या सरकारले नसुनेको कारण सरकारलाई सुनाउन फेरि हिँडेर काठमाडौंको शान्तिवाटिका पुग्न लागेको उहाँले बताउनुभयो ।

झापाको काँकडभिट्टा र कञ्चरपुरको महेन्द्रनगरबाट एकसाथ पैदल मार्च शुरू गरेर दुवैतर्फको टोली चितवनमा भेट हुनेछ । चितवनबाट संयुक्त रुपमा काठमाडौं छिर्ने कार्यक्रम रहेको कुशवाहाले बताउनुभयो ।

भोलि शुरु हुने पैदलयात्रा १५ दिनपछि काठमाडौं पुग्नेछ । यसअघि मिटरब्याज पीडित महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं पुगेका थिए । उनीहरूका समस्या समाधान गर्न सरकारले जाँचबुझ आयोग पनि बनाएको थियो । आयोगले छानबिन पनि गरिसकेको छ ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update