पेट्रोल, डिजेल र ग्यासको भाउ बढ्यो
काठमाडौं, माघ १८ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको मूल्य बढाएको छ । बिहिबार बिहान १ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाइएको हो ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल मट्टितेलमा २-२ र एलपी ग्यासमा रु १५ रुपैयाँ मूल्य बढाएको छ । अब पेट्रोल प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १५८ रुपैयाँ पुगेको छ।
इन्डियन आयल कर्पोरेसनबाट बुधबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १८, २०८० १०:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय