Kath khabar
रातो मत्स्येन्द्रनाथलाई बुङमतिबाट पाटन सारियो

 

                   काठमाडौं, माघ १८। वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथलाई बुङमतिबाट पाटन लगिएको छ । मत्स्येन्द्रनाथलाई ६ महिना पाटन र ६ महिना बुङमति राखिने चलनअनुसार बुधवार दिउँसो तःबहाल लगिएको हो।

किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए।

यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका राजा वन्धुदत्त बज्राचार्य तथा ललितपुरका कृषक ललित रथचक्र मिलेर मत्स्येन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएको भनाइ छ।

काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथजात्राका रुपमा रहेको मत्स्येन्द्रनाथको रथारोहण वैशाख शुक्ल प्रतिपदाका दिन गरिन्छ। यात्रा लिच्छवीकालदेखि निरन्तर चल्दै आएकाे मानिन्छ।

 

 

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update