Kath khabar
नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको ९औं संस्करण भृकुटीमण्डपमा सुरु

 

                   काठमाडौं, माघ १९। नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी  २०८० को ९औं संस्करण काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।

मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेर एण्ड इभेन्ट्स प्रा.लि को संयुक्त आयोजनामा माघ १८ गतेदेखि सुरु भएको उक्त प्रदर्शनी २१ गते आइतबारसम्म रहनेछ । निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरू र यस क्षेत्रका नवीनतम प्रविधिको बारेमा जानकारी गराउने एवम् नेपालमा उत्पादन हुने सामाग्री र प्रविधिहरूलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्याउने उद्देश्यले यो प्रदर्शनी हुँदै आएको छ ।

यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढि ख्याति प्राप्त ब्रान्डहरूका १५० भन्दा बढि स्टल रहनेछन् । निर्माण सम्बन्धी उद्योगहरु, कम्पनीहरु, डिलर तथा सब डिलरहरू र बिक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँनयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी विगत ८ वर्ष देखी कोसेढुङ्गा सावित हुँदै आएको छ ।

यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा निर्माण सामग्री, निर्माण मेसिनरी, प्रि-फ्याब संरचना, UPVC विन्डोज मेसिनरी, UPVC प्रोफाइल, ढोका र झ्याल, आर्किटेक्चरल हार्डवेयर, बाथरुम फिटिङ, पाइप, टाइल र सेनेटरी वेयर, रूफिङ, पूर्व इन्जिनियरिङ भवन, पावर टुल्स, विन्डोज, कंक्रिट ब्लक मेसिनरी उत्पादकहरू, एल्मुनियम कम्पोजिट प्यानलहरूको पनि उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ ।

यस प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियर्स, कन्ट्रयाक्टर्स, विल्डरस, इन्टेरियर डिजाइनरहरू, घर बनाउन चाहने व्यक्ति तथा आम नागरिकको उल्लेखनीय सहभागिता रहनेछ । यस प्रदर्शनीका टाइटल स्पोन्सर कजारिया टायल्स रहेको छ भने सह प्रायोजकमा भोल्गा तथा जिन्दल स्टिल रहेका छन् ।

सोसाइटी अफ नेपालिज आर्किटेक्ट्स (SONA), इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल (IDEA) कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (CII) समेत रहेको यो प्रदर्शनी चार दिनसम्म चल्नेछ भने प्रदर्शनीमा नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update