Kath khabar
नगरवासीको गुनासो तथा समस्या समाधानका लागि अब ललितपुरमा मोबाइल एप


                 ललितपुर, माघ १९। ललितपुर महानगरपालिकाले नगरवासीको गुनासो तथा समस्या समाधानका लागि 'एलएमसी अलर्ट मोबाइल एप' सुरु गरेको छ ।

बिहीबार एक कार्यक्रम गर्दै महानगरका मेयर चिरिबाबु महर्जनले एपको शुभारम्भ गरेका हुन् । नगरपालिकासँग सम्बन्धित २१ प्रकारका समस्या, विपत्ति वा गुनासो भए नगरवासीले तुरुन्तै ‘एलएमसी अलर्ट’ एपमार्फत नगर प्रहरीलाई खबर गर्न सक्ने बताइएको छ ।

मोबाइल एप विशेषगरी महानगर प्रहरीलाई छिटो सूचना दिनका लागि बनाइएको र एपमार्फट २१ वटा अलर्ट र गुनासो पठाउन सकिनेछ। महानगर क्षेत्रभित्र कुनैपनि समस्या, विपत्ति वा गुनासो भएमा एप खोलेर तीन पटकको ट्यापमा आफ्नो सन्देश सिधै नगर प्रहरीको कन्ट्रोल रूमसम्म पठाउन सकिनेछ । दमकल, एम्बुलेन्स, शववाहन चाहिएमा पनि एपमार्फत नै सन्देश पठाउन सकिन्छ ।

त्यस्तै, कतै ढल फुटेको वा बिग्रिएको भेटिएमा, सडक बत्ती बिग्रिएको देखिएमा पनि एपमार्फत सूचना दिन सकिन्छ । त्यसमा महानगरले छिटोभन्दा छिटो गुनासो सम्बोधन गर्ने बताइएको छ।

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update