Kath khabar
‘चिनियाँ जासूस’को आरोपमा समातिएको परेवालाई आठ महिनापछि छाडियो
File Photo


                काठमाडौं, माघ १९ । चिनियाँहरूले जासुसीका लागि प्रयोग गरेको आशंकामा भारतले एक परेवालाई आठ महिनापछि छाडेको छ ।

‘चिनियाँ जासूस’ भएको आरोपमा आठ महिनासम्म बन्धकमा राखिएको परेवालाई पिपुल फर एथिकल ट्रीटमेन्ट अफ एनिमल्स (पेटा) इन्डियाको हस्तक्षेपपछि अन्ततः रिहा गरी उडाइएको हो ।

पक्राउपछि उनलाई पशु अस्पतालमा हिरासतमा राखिएको थियो । परेवालाई गत वर्ष मे महिनामा प्रहरीले समातेको थियो । चराको खुट्टामा दुईवटा औँठी बाँधिएको भारतीय प्रहरीले जनाएको छ । उनका दुवै पखेटामुनि चिनियाँ भाषामा केही सन्देशहरू लेखिएका थिए । उनले त्यसबेला आरसीएफ प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान थालेको थियो । अनुसन्धान पूरा भएपछि जासुसी आरोप हटाइयो ।

अनुसन्धानका क्रममा परेवा ‘जासूस’ भएको आशंकामा उनको मेडिकल चेकअप गरी छुट्टै पिंजरामा राखिएको थियो । प्रहरी अनुसन्धानले अन्ततः यो ताइवानबाट आएको रेसिङ परेवा हो र दौडको क्रममा मुम्बईमा छिरेको पत्ता लागेको थियो ।

अस्पतालले चरा पूर्णतया स्वस्थ रहेको र अनावश्यक रूपमा खोरमा राखिएको र आकाशमा छाड्न आरसीएफ प्रहरी चौकीसँग अनुमति मागेको तर उचित प्रतिक्रिया नआएको जनाएको छ । पेटाकी सलोनी सक्रियाले यो अनौठो कथा थाहा पाएपछि चराको स्वतन्त्रता सुरक्षित गर्न पहल गरिन् र आरसीएफ प्रहरी चौकीका अधिकारीहरूलाई सम्पर्क गरी बीएसडीपीएचएमा चरालाई पिंजराबाट मुक्त गर्न आग्रह गरिन् ।

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update