विमानस्थलका डीआईजी अर्जुन चन्दले दिए राजीनामा
काठमाडौं, माघ २० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन् । शुक्रबार चन्दले प्रहरी प्रधान कार्यालयमा राजीनामा पेश गरेका हुन् ।
चन्दले व्यक्तिगत कारणले राजीनामा दिएको बताइएको छ । राजीनामाको औपचारिक जानकारी भने नआइसकेको प्रहरी कार्यालयले जनाएको छ । चन्दले गत १३ वैशाखमा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाएका थिए ।
प्रकाशित मिति: शनिबार, माघ २०, २०८० १६:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय