Kath khabar
प्रतितोला छ सय रुपैयाँले घट्यो सुनको मूल्य

 

                    काठमाडौं, माघ २१ । नेपाली बजारमा सुनचाँदीको मूल्य आज घटेको छ । आज सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार नौ सय रूपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार उक्त सुन प्रतितोला एक लाख १९ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १८ हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारमा तेजाबी सुन प्रतितोला एक लाख १८ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला २० रूपैयाँ घटेको छ । आज चाँदी प्रतितोला १४ सय १५ रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update