Kath khabar
आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनामा महानगरले डोजर चलायो


                       काठमाडौं, माघ २१ । काठमाडौं महानगरपालिका–३१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामाथि महानगरले डोजर चलाएको छ ।

वडा कार्यालयले खेलकुद पार्क बनाउन तयारी गरेको सार्वजनिक जग्गामा घर टहरा बनेपछि महानगरले डोजर चलाएको हो । उक्त सार्वजनिक जग्गा अनधिृकत रुपमा वर्षौदेखि हडपेर भाडामा समेत लगाएको स्थानीहरुले बताए ।  त्यस क्षेत्रमा बनेका १४ वटा टहरा अहिले महानगरले भत्काइरहेको छ ।

 

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update