Kath khabar
गर्भवती महिला प्रहरीलाई अब छुट्टै पोसाक


                     काठमाडौं, माघ २१ । नेपाल प्रहरीले गर्भवती महिला प्रहरीलाई अब छुट्टै पोसाक दिइने भएको छ । अहिलेको पोसाकमा गर्भवती महिला प्रहरीलाई ड्युटी गर्न गाह्रो हुने भएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सहज हुने पोसाक दिने निर्णय गरेको हो।

गत २२ कात्तिकमा बसेको प्रहरीको नीति समन्वय समितिको बैठकले डाक्टर तथा नर्सहरूले प्रयोग गर्ने गाउनजस्तै पोसाक गर्भवती महिला प्रहरीलाई दिने निर्णय गरेको छ । नेपाल प्रहरीमा रहेको ८० हजार जनशक्तिमा सात हजार महिला प्रहरी कर्मचारी छन् ।

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update