काठमाडौं, माघ २२ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। आज बिहानैदेखि काठमाडौं उपत्यकामा कुहिरो लागेको छ । आज बेलुकीदेखि पानी पर्ने क्रम हट्दै जाने तथा भोलि र पर्सि पानी पर्ने सम्भावना नभएको महाशाखाले जनाएको छ ।
पश्चिमी वायु सक्रिय भएसँगै तराई मधेसमा हुस्सु, कुहिरो हटेर मौसममा सुधार हुँदै गइरहेको छ । न्यूनतम तापक्रम बढ्दो क्रममा रहेको छ । आज बिहानको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस छ।
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरू साथै लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदली रहि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा तथा देशका बाँकी भू-भागको मौसम मूख्यतया सफा रहेको छ।
राती देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहनेछ कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।