Kath khabar
धरहरामा निःशुल्क पार्किङ बन्द गर्न पत्र आएपछि बालेनको आक्रोश


                    काठमाडौं, माघ २२ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौंको धरहरा क्षेत्रमा महानगरले हालै खुला गरेको निःशुल्क पार्किङ बन्द गर्न पत्र आएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाईं (भवन तथा आवास) कार्यालय बबरमहलले महानगरलाई धरहराको पार्किङ निर्माण पूरा नै नभई सञ्चालन नगर्न भन्दै पत्र पठाएको पाइएको छ। तर उनले निःशुल्क पार्किङलाई बन्द नगर्ने बरु थप व्यवस्थित गर्दै लगिने बताएका छन् ।

उद्घाटन गरेको २ वर्ष ९ महिनापछि पनि धरहराको निर्माण पुरा नभएको भन्दै अहिले आएर पार्किङ बन्द गर्नु गर्न भनेर पत्र लेख्नुलाई निर्लज्ज भनेका छन्।

"उद्घाटन गरेको २ बर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? उनले प्रश्न गरेका छन् । पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नू भएको थियो ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ ?’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।"  उनले भनेका छन् ।

सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगरौँ उनले भनेका छन् ।

 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update