Kath khabar
पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन

 

                      काठमाडौं, माघ २३ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको सोमबार राति निधन भएको छ ।

नेता बुढाथोकीको ८० वर्षको उमेरमा सोमबार राति ११ः३० बजे विराटनगरमा उपचारको क्रममा निधन भएको नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले जानकारी दिए । प्रोस्टेट क्यान्सरबाट पीडित नेता बुढाथोकीको पछिल्लो समय मृगौला समस्याका कारण उपचार भइरहेको थियो ।

दुई छोरा र एक छोरी रहेका बुढाथोकीको पार्थिव शरीरलाई आज जिल्ला पार्टी कार्यालय झापामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने नेपाली कांग्रेस झापाले जानकारी दिएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update