Kath khabar
होटल स्क्वायरका सञ्चालक रोमी अर्याल पक्राउ

 

                   ललितपुर, माघ २३ । ललितपुरको पुल्चोकस्थित होटल स्क्वायरका सञ्चालक तथा प्रबन्ध निर्देशक रोमी अर्याललाई ललितपुर प्रहरी परिसरले पक्राउ गरेको छ ।

गत भदौ १४ मा होटल स्क्वायरको स्विमिङ पुलमा स्विमिङ गर्दा करेन्ट लागेर हालसम्म कोमामा रहेका ललितपुरकै मानभवनका सजिलमान शाक्यका परिवारले प्रहरीमा जाहेरी दिएका थिए । मुलुकी अपराध संहिता, २०७४ को दफो १७८ को उपदफा ९१० र ९२० र दफा १७७ अनुसारको कसुर गरेको दाबी गर्दै परिवारले जाहेरी दिएका हुन् ।

पीडित परिवारले जाहेरी दिएपछि होटल सञ्चालक रोमी अर्याललाई पक्राउ गर्न ललितपुर प्रहरीले अदालतसँग अनुमति मागेको थियो । होटेलकी अर्की सञ्चालिका ललिता भण्डारी देवकोटाले यसअघि नै प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेकी थिइन्। रोमी अर्याल विरुद्ध पनि पक्राउ पूर्जी जारी भएको थियो तर उनी भने अहिलेसम्म फरार थिए ।

भदौ १४ देखि मेडिसिटी अस्पतालमा कोमामा रहेका उनको उपचारमा ९५ लाख रूपैयाँ खर्च भएको परिवारको दाबी छ । अहिले उपचार खर्च नभएपछि परिवारले उनलाई घरमै ल्याएर हेरचाह गरिरहेको छ । होटलको लापरवाहीको कारण करेन्ट लागेर अचेत अवस्थामा पुग्दा पनि होटलले उक्त कुरा मान्न नचाहको पिडित पक्षको आरोप छ ।

घटना घटेको पाँच महिनासम्म पनि दोषी माथि कुनै कारवाहि नभएको भन्दै पीडितका आफन्त तथा सामाजिक अभियान्ताहरुले प्रर्दशन गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update