लण्डन, माघ २३ । बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर देखिएको छ। लण्डनस्थित बेलायती राजपरिवारको आधिकारिक निवास बकिङ्घम प्यालेसले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रोस्टेट ग्रन्थीको हालै गरिएको परीक्षणमा चार्ल्सलाई क्यान्सर भएको पत्ता लागेको बताएको हो ।
७५ वर्षीय राजा चार्ल्स गत वर्ष महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि बेलायतको राजा बनेका हुन् । राजा चार्ल्सको स्वास्थ्यलाई लिएर शाही परिवार चिन्तित बनेको छ । चार्ल्सको नियमित उपचार सुरु भएको छ । उनलाई तत्कालका लागि सार्वजनिक कार्यक्रम स्थगित गर्न सल्लाह दिइएको छ ।
चार्ल्स तृतीयलाई क्यान्सर भएको पत्ता लागेपछि धेरै देशका नेताहरूले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । चार्ल्सको स्वास्थ्यको खबर आएपछि बेलायती प्रधानमन्त्री ऋषि सुनक, अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प तथा बेलायतका विभिन्न राजनीतिक दलका नेताहरुले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।