Kath khabar
युरो कपः क्रोएशियालाई ५-३ गोलले स्तब्ध पार्दै स्पेन क्वाटरफाइनलमा

यूरोप, असार १५  । स्पेन, क्रोएशियालाइ अतिरिक्त समयमा पांच तीन गोलले पराजित गर्दै युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कोपेनहेगन स्थित पार्केन स्टेडियममा भएको विश्वकपको साविक उपविजेता क्रोएशिया पुर्व च्याम्पियन स्पेन बीचको खेल प्रतिस्पर्धामक बनेको थियो । क्रोएशियाले २० औं मिनेटमा पेड्रिको आत्मघाती गोल मार्फत अग्रता लिएको थियो ।

स्पेनिस गोलकिपर उनाइ सिमोनको गल्तिका कारण यो गोल भएको थियो । पेड्रिको पास रोक्ने प्रयासमा सिमोनको खुट्टामा बल लाग्दै गोलमा परिणत भयो । जारी युरोको यो नवौ आत्मघाती गोल हो । गोलपछि स्पेन दवावमा आएको थियो ।

३८औं मिनेटमा पाब्लो साराबियाले खेल बराबरी गरे । ५७ औं मिनेटमा सेजर आपिलीक्वेटाले गोल गरेपछि स्पेन खेलमा दुई एकले अघि रह्यो । आपिलीक्वेटाको यो पहिलो अन्तराष्ट्रिय गोल हो । दुवै गोलमा फेरान टोरेसले असिस्ट गर्नुभएको थियो । टोरेस आफैले ७६ औं मिनेटमा टिमका लागि तेस्रो गोल थप्नुभयो । तर ८५ औं मिनेटमा मिस्लाभ ओरिसिच र इन्जुरी समयमा  मारियो पासालिचले गोल गर्दै खेललाइ अतिरिक्त समयतीर लम्बिएको थियो ।

एक सयौं मिनेटमा अल्भारो मोराटा र एक सय तीनौ मिनेटमा मिकेल ओयारजाबलले गोल गरेपछि लुइस इनरिकेको टोली पांच तीन गोलको जीतका साथ क्वाटरफाइनलमा पुग्न सफल भयो  । युरो इतिहासमा यो दोस्रो उच्च गोल भएको खेल हो ।  स्पेन युरोको फाइनल चरणमा लगातार पांच गोल गर्ने पहिलो् टिम पनि हो । उसले  सन २०१२ पछि पहिलो पटक मुख्य प्रतियोगिताको क्वाटरफाइनल पुगेको हो । स्पेनका १८ वर्ष दुई सय १५ दिनका पेड्रि युरोको नक आउट चरण खेल्ने सवैभन्दा कान्छा खेलाडी हुनुभएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १५, २०७८  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update