Kath khabar
युरोकपबाट विश्व बिजेता फ्रान्स बाहिरियो, स्वीट्जरल्याण्डको एतिहासिक जित

यूरोप, असार १५ । विश्व विजेता फ्रान्स, युरोकपको अन्तिम १६ बाटै बाहिरिएको छ । साविक उपबिजेता फ्रान्सलाइ पेनाल्टी स्वीट्जरल्याण्डले सुटआउटमा पांच चारले पराजित गरेको हो ।

बुखारेस्ट स्थित नेशनल  एरिनामा भएको रोमान्च्क र प्रतिस्पर्धात्मक खेलको निर्धारित र अतिरिक्त समयको खेल तीन तीन गोलको बराबरीमा सकिएको थियो । १५ औं मिनेटमा हेरिस सेफेरोभिचले गोल गर्दै स्विस टिमको खाता खोल्नुभयो। उसले पेनािल्टमा गोल गर्दै अग्रता दोब्बर पार्ने सुनौलो मौका गुमायो । फ्रान्सका बेन्जिामिन पाभर्डले स्टेभन जुबेरलाइ फाउल गर्नुभएपछि भिडीयो रिभ्युबाट स्वीट्जरल्याण्डले पेनाल्टीको मौका पाएको  थियो ।

तर रिकार्डो रोद्रिगेजको प्रहार फ्रेन्च गोलकिपर ह्युगो लोरिसले बिफल बनाउनुभयो । त्यसपछि दुई मिनेटको अन्तमा फ्रान्सले दुइ गोल गर्दै खेलमा अग्रता बनायो । उसका लागि  करिम बेन्जिमाले ५७ र ५९ औं मिनेटमा गोल गरेका थिए । ७५ औं मिनेटमा पउल पोग्बाले शानदार गोल गर्नुभएपछि  फ्रान्स तीन एकले अघि रहयो । तर  ८१ औं मिनेटमा  सेफेरोभिचले व्यक्तिगत दोस्रो गोल गर्नुभयो र ९० औं मिनेटमा वैकल्पिक खेलाडी  मारियो गाभरानोभिचले गोल गरेपछि स्विटजरल्यान्डले खेल तीन तीनको बराबरी गर्यो  ।

त्यसपछि थप गरिएको समयमा एमबाप्पे र ओलिभर जिरुडले मौकाको सदुपयोग गर्न सक्नुभएन। र खेलको निर्णय टाइब्रेकरमा भएको थियो । जसमा पेरिस सेन्ट जर्मेन पिएसजीका एमबाप्पेको पेनाल्टि स्विस गोलकिपर यान सोमरले बचाएपछि फ्रान्सको युरो जित्ने सपना अन्तिम १६ मा नै समाप्त भयो । स्विटजरल्यान्डको भने युरोको नक आउटमा यो पहिलो जीत हो । पछिल्लो पटक स्विस टिम ठुलो प्रतियोगिताको क्वाटरफाइनलमा स्थान बनाएको १९५४ को विश्वकपमा हो । अब उसले क्वाटरफाइनलमा स्पेन संग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति: मंगलबार, असार १५, २०७८  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update