सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
काठमाडौं, माघ २४ । आज सुनको मूल्य बढेको छ । आज बुधबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर प्रतितोला एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, माघ २४, २०८० १२:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय