Kath khabar
बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित ३ जना रिहा
File Photo

 

                   काठमाडौं, माघ २४ । बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहित तीन जना रिहा भएका छन् ।

बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जनालाई कीर्ते र ठगीमा अनुसन्धान कायम राख्दै हाजिर जमानीमा छोडिएको हो ।

जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले दुई दिन म्याद दिँदै यो अवधिमा पनि अनुसन्धान नसकिए उनीहरुलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार उनीहरु आज छुटेका हुन् ।

मुलुकी अपराध संहिताको दफा १५ मा कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक नदेखिए सरकारी वकिलको सहमतिमा अनुसन्धान अधिकृतले हाजिर जमानी वा तारेखमा छाड्न सक्ने व्यवस्था छ ।

गत बिहीबार च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालकसमेत रहेका व्यवसायी अरुण चौधरी, च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालक सञ्जय ठाकुर र बाँसवारी छाला तथा जुत्ता कारखानाका पूर्वअध्यक्ष अजितनारायण थापा पक्राउ परेका थिए । अरुण चौधरी नेपाली कांग्रेसका सांसद् एवम् केन्द्रीय सदस्य अर्बपति विनोद चौधरीका भाई हुन् ।

 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update