Kath khabar
कोशी र गण्डकी  प्रदेशमा हल्का हिमपातको सम्भावना, अन्य स्थानमा मौसम सफा रहने

 

                           काठमाडौं, माघ २५ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

काठमाडौं उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । तत्काललाई देशभर पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तराईका केही स्थानहरूमा हुस्सु / कुहिरो लागेको छ । कोशी र गण्डकी  प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ .।गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै भोलि शुक्रबार दिउँसो लुम्बिनी प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update