Kath khabar
नेपालले क्यानडालाई दियो २२५ रनको मध्यम लक्ष्य

 

                        काठमाडौं, माघ २५ ।  क्यानडा विरुद्धको तीन एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ ।  त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २२४ रन बनायो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ५८ बलमा ९ चौका र १ छक्का सहित सर्वाधिक ६२ रन बनाए । यस्तै आरिफ शेखले ३८ रनको योगदान गरे । सोमपाल कामी २३ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २० रन बनाएर ४९औ ओभरमा ठुलो शट प्रहार  गर्ने क्रममा लङ-अनमा क्याच आउट भए ।

आज डेब्यु गरिरहेका रिजन ढकालले ४ रन बनाए भने अर्का डेब्यु गरिरहेका खेलाडी सुर्य तामाङ १० रनमा नटआउट रहे ।  ललित नारायण राजबंशी १ रन बनाएर इनिङको अन्तिम बलमा रनआउट भए । 

क्यानडाका लागि उदय भगवानले सर्वाधिक ३ विकेट लिए । साद बिन जफार र ईश्वरजित सोहीले २–२ विकेट लिए भने शाहीद अहमदजाइ र हर्ष ठक्करले १–१ विकेट लिए ।

२०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्याडनासँग पहिलो एकदिवसीय खेल खेल्न लागेको हो।

 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update