Kath khabar
नेपाली बजारमा औपचारिक रुपमा भित्रियो किर्लोस्कर इन्जिन आयल


                   काठमाडौं, माघ २५ । नेपाली बजारमा किर्लोस्कर इन्जिन आयल औपचारिक रुपमा भित्रिएको छ ।

नेपालका लागि आधिकारिक वितरक आदिशक्ति ग्लोबल ट्रेडर्सले भित्र्याएको किर्लोस्कर इन्जिन आयल बुधबार एक कार्यक्रमका बिच लन्च गरिएको हो । सो कार्यक्रममा कम्पनीका प्रतिनिधि तथा नेपाली व्यवसायीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा किर्लोस्कर आयल इन्जिन्सका रिटेल एन्ड डिस्ट्रिब्युसन हेड सुनिल कुमार साहुले इन्जिन आयल र स्पेयर पार्ट्ससहित व्यवसायीका लागि कम्प्लिट सोलुसन उपलब्ध गराउने उद्देश्यका साथ नेपालमा बजार विस्तार गरेको बताए ।

किर्लोस्कर आयल इन्जिन्सका जनरल म्यानेजर चिन्मय नायक र नेशनल स्पेयर हेड अर्सित रतुरीले ग्राहकमा आत्मविश्वास जागृत गर्न र ढुक्कका साथ बिक्रीपछिको सेवा उपलब्ध गराउन आफूहरु तत्पर रहेको प्रष्ट पारे ।

आदिशक्ति ग्लोबल ट्रेडर्सका डाइरेक्टर पुरुषोत्तम पौडेल र बिजनेस हेड खगेन्द्र श्रेष्ठले इन्जिन आयल व्यवसायको लामो अनुभवका आधारमा विश्वकै गुणस्तरीय तथा कहलिएको ब्रान्ड भित्र्याउन पाउँदा खुसी व्यक्त गर्दै सबै व्यवसायीबाट सहयोगको अपेक्षा गरे ।

भारतको १३५ वर्ष पुरानो प्रतिष्ठित कम्पनीद्वारा उत्पादित किर्लोस्कर ब्रान्डका मिनरल, सेमी सिन्थेटिक र फुल्ली सिन्थेटिक इन्जिन आयल गियर आयल, इन्डष्ट्रियल आयल, हाइड्रोलिक आयल, ट्रान्समिसन आयल आदि नेपाली बजारमा उपलब्ध हुनेछन् । टु ह्विलर, फोर ह्विलर, कमर्सियल, हेभी इक्विपमेन्ट आदि सबै सवारी साधनमा सो इन्जिन आयल प्रयोग गर्न सकिन्छ । किर्लोस्करका इन्ट्रा सिरिज, एक्स-होरा आदि बढी लोकप्रिय मोडल हुन् ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update