अमेरिका, असार १५ । मेस्सीको प्रभावशाली प्रर्दशनमा कोपा अमेरिकामा अर्जेन्टिनाले समुहको आफ्नो अन्तिम खेलमा बोलिभिया माथि चार एक गोलको जीत हात पारेको छ । आज विहान भएको खेलमा अर्जेन्टिनाले छैटौं मिनेटमा अग्रता लिएको थियो । लियोनल मेस्सीको पासमा अलेक्जान्द्रो गोमेजले गर्नुभयो । ३३ औं मिनेटमा मेसीले पेनाल्टिमा गोल गर्नुभयो । ४२ औं मिनेटमा सर्जियो अग्वेरोको पासमा मेसीलेनै गोल गरेपछि अर्जेन्टिना पहिलो हाफमानै तीन शुन्यले अघि रहेको थियो ।
६० औं मिनेटमा बोलिभियाका एरविन साभेद्राले गोल गर्दै दुरी का गर्ने प्रयास गर्नुभयो । ६५ औं मिनटमा लौटारो मार्टिनेजले चौथो गोल गर्नुभएको थियो । अर्जेन्टिना १७ खेल यता अपराजित छ । मेसीको राष्ट्रिय टिम बाट यो १ सय ४८ औं खेल हो । बोलिभिया यसअघिनै प्रतियोगिता बाट बाहिरी सकेको थियो । उसले कोपामा पछिल्ला एघार खेल देखी जीत हात पार्न सकेको छैन् । जीतपछि अर्जेन्टिना चार खेलबाट १० अंक जोड्दै समुह ए को विजेता बनेको छ । उरुग्वे दोस्रो स्थानमा रह्यो ।
आजै भएको खेलमा उरुग्वेले पाराग्वेलाइ एक शुन्य गोलले हराएयो । उसका लागि २१ औं मिनेटमा इडिसन कभानीले पेनाल्टिमा गोल गर्नुभएको थियो । आजको खेल संगै क्वाटरफाइनल समीकरण पुरा भएको छ । अर्जेन्टिनाले अन्तिम आठमा इक्वेडर संग खेल्नेछ । उरुग्वेले कोलम्बिया र पाराग्वेले पेरुको सामना गर्नेछ ।अर्को क्वाटरफाइनलमा साविक विजेता ब्राजिल र चिली भिड्ने छन् ।