काठमाडौं, माघ २६ । कीर्तिपुरस्थित टियु मैदानमा बिहिबार सम्पन्न खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गर्दै रोमाञ्चक जित हासिल गरेको छ ।
नेपालले दिएको दुई सय २५ रनको सामान्य लक्ष्य पछयाएको क्यानडा ४७.५ ओभरमा दुई सय १७ रनमै अलआउट भयो । नेपालको जितमा कप्तान रोहित पौडेलले ४ विकेट लिएका थिए । ललितनारायण राजवंशीले २ विकेट तथा पवन सर्राफ, रिजन ढकाल र कुशल मल्लले समान एक विकेट लिए ।
जितको नजिक पुगेर पनि क्यानडाले जित निकाल्न सकेन । नेपालका स्पिनरले अन्त्यतिर खेलमा फर्काउँदै रोमान्चक जित दिलाए, स्पिनरले कसिलो बलिङ गर्दै विकेट लिएपछि क्यानडाले हार व्यहोर्नुपरेको हो ।
क्यानडाका लागि उदय भगवानले ८ ओभरमा १ मेडनसहित ४० रन खर्चेर सर्वाधिक ३ विकेट लिए । अब नेपालले दोस्रो खेल शनिबार खेल्नेछ ।