Kath khabar
ललितपुरको इमाडोलमा चार तलाबाट हाम फालेकी आमा सहित दुई बालकको मृत्यु

 

                    ललितपुर, माघ २७ । ललितपुरको इमाडोलमा आमा र दुई जना बच्चाको ज्यान गएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार शनिबार अपराह्न महालक्ष्मी नगरपालिका–४ इमाडोलस्थित ओचुहाइटस्थित घरको चौथो तलाबाट हाम फालेकी ३६ वर्षीया रविना महर्जनको उपचारका क्रममा किष्ट अस्पतालमा गएराति ज्यान गएको हो ।

त्यस्तै अचेत अवस्थामा फेला परेका दुई बच्चाको पनि मृत्यु भएको छ । बन्द कोठामा अचेत अवस्थामा भेटिएका ६ वर्षका अस्वेत र २ वर्षकी रिबाको हिजो बेलुका ज्यान गएको प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

आमाले घरबाट हामफालेपछि घरमा हेर्दा बच्चा अचेत भेटिएका थिए । घटना के कारणले भएको बारे खुलिनसकेको र थप अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update