काठमाडौं, असार १५ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार छ सय ३६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार यस अवधिमा ११ हजार सात सय ४८ जनाको परीक्षण भएकोमा पीसीआर विधिबाट सात हजार दुुई सय ५९ र एन्टिजेन विधिबाट चार हजार चार सय ८९ जनाको परीक्षण हुंदा उक्त संख्मा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोभिड १९ बाट मृत्यु हुुनेहरुको संख्या नौ हजार ७१ जना पुुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप चार हजार तीन सय ४८ जना संक्रमणमुक्त भएका छन् ।
यो सँगै देशभर कोरोना संक्रमितको कुल संख्या छ लाख ३६ हजार नौ सय १६ (पीसीआर) र ३३ हजार ९४१ (एन्टिजेन) जना पुगेको छ । यसैगरी हालसम्म कोभिड १९ को संक्रमणबाट मुक्त हुनेहरुको संख्या भने पााँच लाख लाख ९२ हजार पाँच सय ३५ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
यसैबिच काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा चार सय ५८ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा मात्र तीन सय दुुई, ललितपुरमा एक सय र भक्तपुरमा ५६ जना संक्रमित थपिएकाछन् । मन्त्रालयका अनुसार हाल काठमाडौं उपत्यकामा आठ हजार तीन ३० जना सक्रिय संक्रमितहरु रहेकाछन् ।