Kath khabar
काठमाडौं महानगरविरुद्ध फुटपाथ व्यवसायीहरुको  प्रदर्शन

 

                       काठमाडौं, माघ २८ । काठमाडौं महानगरपालिका महानगरविरुद्ध फुटपाथ व्यवसायीहरुले प्रदर्शन गर्दै महानगरपालिकाको कार्यालय घेराउ गरेका छन् ।

राष्ट्रिय स्वोरोजगार व्यवसायी संघ, नेपाल सडक व्यापार व्यवसायी संघ र फुटपाथ व्यापारीहरुले संयुक्त रूपमा महानगरको बिरोध प्रदर्शन गर्दै महानगरपालिकाको कार्यालय घेराउ गरेका हुन् ।

फुटपाथ व्यवसायीहरुले महानगरपालिकाले व्यापारीको व्यवस्थापन भन्दा पनि बेरोजगार बनाउन तिर लागेको आरोप लगाएका छन् । व्यापारीहरुलाई उचित र वैकल्पिक ठाउँ दिनुपर्ने स्वरोजगार व्यापारीहरुले गरिखान पाउनुपर्ने  व्यवसायीहरुले बताएका छन् ।

प्रदर्शकारीहरुले हाम्रो 'आन्दोलन जारी छ', 'स्वरोजगार श्रमको सम्मान गर्', 'व्यवसायी एकता जिन्दवाद', 'पुँजीवादी मेयर चाहिँदैन',  'राजु पाण्डे मुर्दावाद', लगायतका नारा लगाउँदै प्रदर्शन गरेका छन् ।

 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update