Kath khabar
आज विनायक चतुर्थी, यस्ता उपाय गर्दा भगवान गणेशको आशीर्वाद प्राप्त हुने

 

                 काठमाडौं, फागुन १ ।  हिन्दू पात्रो अनुसार आज फागुन १ गते विनायक चतुर्थी व्रत परेको छ । माघ शुक्ल पक्षको चतुर्थीलाई विनायक चतुर्थी भनिन्छ । विनायक चतुर्थीको दिन भगवान गणेशको आशीर्वाद प्राप्त गर्न विशेष मानिन्छ ।

हिन्दू शास्त्रमा गणेश चतुर्थीको विशेष महत्व रहेको छ । चतुर्थी तिथि भगवान गणेशलाई समर्पित छ । प्रत्येक महिनामा दुईवटा चतुर्थीहरू पर्दछन् । प्रत्येक महिनाको दुवै पक्षको चतुर्थीका दिन भगवान गणेशको पूजा–आराधना गर्ने र व्रत बस्ने चलन छ । यसले जीवनमा शुभ फल मिल्छ।

ज्योतिष शास्त्रमा यस दिन अपनाउनुपर्ने विशेष उपायहरू वर्णन गरिएको छ, जसलाई भक्तिपूर्वक गर्नाले भगवान गणेशलाई प्रसन्न तुल्याउने र साधकमाथि आशीर्वाद प्राप्त हुने ज्योतिषविदहरु बताउछन् ।

चतुर्थी तिथीमा भगवान गणेशको आरती गरेर गणेश चालिसा पढ्नु शुभ मानिन्छ । यस दिन तल दिइएको मन्त्रको अवश्य जप गर्नुहोस् । यो उपाय अपनाएमा व्यक्तिले सबै काममा सफलता प्राप्त गर्छ।
गजाननं भूत गणादि सेवितं
कपित्थ जम्बू फल चारू भक्षणम्
उमासुतं शोक विनाशकारकम्
नमामि विघ्नेश्वर पाद पंकजम्   

यसका साथै गणेश चतुर्थीको दिन सख्खरमा घ्यू मिसाएर भगवान गणेशलाई अर्पण गर्नाले मनोकामना पूरा हुने विश्वास छ ।

 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update