काठमाडौं, फागुन १ । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा नेपालले माल्दिभ्सलाई २२८ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२७ रन बनायो ।
नेपालका लागि रुविना बेल्बासे क्षेत्रीले शानदार शतक प्रहार गरेकी छन् । उनले माल्दिभ्सविरुद्ध ५४ बलमा शतक पूरा गर्दै दुर्लभ इतिहास रचेकी हुन् । यसअघि नेपालबाट अन्तर्राष्ट्रिय महिला क्रिकेट खेलमा नेपालकी सीता रानामगरले सर्वाधिक ८२ रन बनाइएकी थिइन् ।
रुबिनाले ५८ बलमा ११८ रन बनाउँदै ५ छक्का र १० चौका प्रहार गरिन् । नेपालले १८ ओभरमा १९१ रन बनाउन ४ विकेट गुमाएको छ । रुविना ५४ बलमा १० चौका र ३ छक्कासहित १०२ रनमा क्रिजमा छिन् ।
नेपालका लागि पूजा महतोले ५९ रनको योगदान गरिन् । उनले ३६ बलमा पाँच चौका र एक छक्काको मद्दतमा अविजित ५९ रन बनाएको थियो । त्यस्तै सीता रानामगरले १५ रन जोड्दा कविता कुवँले १३ रन बनाइन् । बलिङतर्फ माल्दिभ्सकी शम्मा अलीले सर्वाधिक तीन विकेट लिइन भने नब्बा नासिमले एक विकेट लिइन् ।