Kath khabar
न्युयोर्कको सबवे स्टेशनमा गोली चल्दा १ जनाको मृत्यु, ५ जना घाइते


                    अमेरिका, फागुन १ । न्युयोर्कको ब्रोंक्स कन्ट्री सबवे स्टेशनमा सोमबार साँझ गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएको एबीसी न्युजले प्रहरीलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

न्युयोर्कको प्रहरी विभाग ट्रान्जिट प्रमुख माइकल एम केम्परले दिएको जानकारी अनुसार अपरान्ह करिब ४:३० बजे गोली चलेको थियो ।

गोली लागेर घाइते भएका  चार जना पुरुष र दुई जना महिलालाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३४ वर्षीय पुरुषको सेन्ट बर्नाबास अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । घटनाबारे अनुसन्धान जारी छ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update