Kath khabar
यसरी मनाउनुहोस् प्रेम दिवस

 

                       काठमाडौंं, फागुन २ । आज १४ फेब्रुअरी, भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस । मायाको भावनालाई पर्वको रूपमा मनाइने दिन हो आज । यो दिवस विभिन्न देशमा फरक-फरक तरिकाले र फरक-फरक मान्यताका साथ मनाइन्छ ।

प्रेम दिवस एक दिन मात्र नभई साताभर मनाइन्छ । फेब्रुअरी ७ देखि १४ फेब्रुअरीसम्म एक हप्तासम्म मनाइने यो दिवसमा हरेक दिनको लागि विशेष नाम दिइएको छ । यस दिन मानिसहरूले आफ्ना प्रियजनहरूसँग प्रेम तथा उपहार साटासाट गर्छन् । प्रेम व्यक्त गर्न नसकेकाहरुको लागि यो प्रेम व्यक्त गर्ने विशेष अवसर हो ।

यसरी मनाउन थालियो भ्यालेन्टाइन डे
सन् १२६० मा संकलित ‘आंरिया अफ जैकोबस डी वाराजिन’नामक पुस्तकमा सेन्ट भ्यालेन्टाइनको वर्णन पाइन्छ।  इसापूर्व २७० मा रोमका राजा क्लाउडियस द्वितीयले जनताहरु प्रेम, यौन र विवाहमा लिप्त रहँदा सैनिक सेवामा कोहि नलाग्ने र शान्ति सुरक्षामा खलल पुग्ने निष्कर्ष निकाल्दै प्रेम गर्न प्रतिवन्ध लगाएका थिए । 

प्रेम तथा विवाहले सैनिक कमजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले उनले प्रेम तथा विवाहमा रोक लगाएका थिए । तर, सम्राटको नियम मन नपराउने मध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए । उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रूपमा विवाह गराए । सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाय सुनाएर जेलमा राखे ।

जेलमा रहँदा सन्त भ्यालेन्टाइनको जेलरकी दृष्टिविहीन छोरीसँग माया बस्यो । आफूलाई मृत्युदण्ड दिनुअघि सन्त भ्यालेन्टाइनले लभ फ्रम योर भ्यालेन्टाइन भन्ने हस्ताक्षरसहितको प्रेम पत्र आफ्नी प्रेमिका अर्थात् जेरकी छोरीलाई दिएका थिए । त्यसबेलादेखि आजसम्म उनीहरुको अमर प्रेम कथाको सम्झनामा भ्यालेन्टाइन डे मनाइन्छ । र सबैले प्रार्थना गर्दछन् कि हाम्रो माया पनि अमर रहोस्।

यसरी मनाउनुहोस् प्रेम दिवस
यस दिन आफ्नो प्रेमिका र श्रीमतीलाई सकेसम्म खुसी बनाउने प्रयास गर्नुहोस् । आफ्नो प्रेमिका वा पत्नीलाई खानाको लागि कतै रमाइलो ठाउँमा लैजान सक्नुहुन्छ । पुराना सम्झनाहरू ताजा गर्न तपाईं यात्रा गर्न सक्नुहुन्छ जुन ठाउँमा तपाईं पहिले जानुहुन्थ्यो । ग्रीटिंग कार्ड सहित तपाईले आफ्नो व्यक्तिगत पत्र पनि साथमा पठाउन सक्नुहुन्छ ।

यस दिन पहिले आफ्ना प्रियजनलाई विशेष शुभकामना दिनुहोस् । यदि यो अवधिमा झगडा वा कुनै प्रकारको गुनासो भएमा, यसलाई बिर्सनुहोस् । यस दिन चकलेट र मिठाई गिफ्ट गर्न नबिर्सनुहोस्, उपहार जति राम्रो हुन्छ, तपाईको प्रियजन तपाईसँग त्यति नै खुसी हुनेछन्।

 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update