काठमाडौंं, फागुन २ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप टी–२० क्रिकेटको सेमिफाइनल प्रवेशका लागि कुवेतले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७३ रन बनायो । कुवेतलाई मध्यम योगफलमा रोक्न नेपालका लागि सिता राना मगरले ४ ओभरमा ११ रन दिँदै ह्याट्रिक सहित ३ विकेट लिन सफल भइन् ।
कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक २९ रन जोडिन् । शान्थि बालासुब्रमनियन र खाजिदा खलिलले समान १३-१३ रनको योगदान गरे । कुवेतकी दुई ब्याटर रनआउट भए ।
नेपाल समूह ‘डी’ को विजेता तथा कुवेत समूह ‘ए’ को उपविजेताका रूपमा क्वाटरफाइनल प्रवेश गरेका हुन् । यसअघि नेपालले हङकङ, भुटान र माल्दिभ्सलाई पराजित गर्दै क्वाटरफाइनमा पुगेको हो ।
नेपालले हङ्कङ र भुटानलाई समान आठ/आठ विकेटले पराजित गरेको थियो भने माल्दिभ्सलाई दुई सय १४ रनको भारी अन्तरले पराजित गरेको थियो ।
कुवेतले समूह चरणको खेलमा म्यानमार र सिङ्गापुरलाई पराजित गरेको थियो भने थाइल्याण्डसँग पराजित भएको थियो । यस खेलको विजेता टोली सेमिफाइनलमा पुग्नेछन् ।