Kath khabar
ललिता निवास जग्गा हिनामिना प्रकरणको फैसला आज

    

                          काठमाडौं, फागुन ३ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको मुद्दामा आज बिहीबार फैसला सुनाउने तयारी भएको छ । विशेष अदालतले बुधबार फैसला सुनाउने भनिएपनि तयार नभएकाले आज सुनाउने तयारी गरेको हो ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार ललिता निवास सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दाको फैसला बुधबार सुनाउने भनिएतापनि तयार भई नसकेको हुनाले आज सुनाउने तयारी भएको हो ।
       
विशेष अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उक्त मुद्दा एक महिनादेखिको निरन्तर सुनुवाइपछि मङ्गलबार सकिएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update