ओमान, असार १५ । आइसीसी टि–ट्वान्टी विश्वकप २०२१ युएइ र ओमानमा हुने भएको छ । यसअघि भारतमा प्रतियोगिताको आयोजना गरिने तालिका थियो । तर कोभिडको बढ्दो जोखिममका कारण प्रतियोगिता युएइ र ओमानमा सारिएको हो । आइसीसीका अनुसार आयोजक भने भारतिय क्रिकेट बोर्ड बिसीसीआइ नै रहने छ ।
प्रतियोगिता युएइको दुबइ अन्तराष्टिय रंगशाला, सारजहा रंगशाला तथा सेख जायद रंगशालामा तथा ओमानस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा हुनेछ । आइसीसीले आज एक विज्ञप्ती जारी गरि प्रतियोगिता १७ अक्टोबरबाट सुरु भई १४ नोेभेम्भर हुने जनाएको हो । पहिलो चरणमा बंगलादेश, श्रीलंका, आएरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्डल्याण्ड, नामिबिया, ओमान र पपुवा न्युगिनी भिड्नेछन् । उत्कृष्ट चार टिम अघिल्लो चरणमा अर्थात् सुपर १२मा स्थान बनाउनेछन् ।
२०१६मा भारतमा भएको टि–ट्वान्टी विश्वकपपछि पहिलो पटक हुन लागेको हो । सो प्रतियोगिताको फाइनलमा इंग्ल्याण्डलाई चार विकेटले हराउँदै वेष्ट इन्डिज च्याम्पियन बनेको थियो । सुपर १२ स्टेजमा उक्त चार टोलीसँगै भारत, अष्ट्रेलिया, दक्षिण अफ्रिका, पाकिस्तान, न्युजिल्यान्ड, वेस्ट इन्डिज र अफगानिस्तान छन् । दुई समूहमा विभाजन गरिने छ । जसमा शीर्ष दुई-दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् । युएइ इन्डियन प्रिमियर लिगका बाँकी खेल सकिएको मात्र दुई पछि प्रतियोगिता हुन लागेको हो ।