Kath khabar
बढ्यो पेट्रोल र डिजेलको मूल्य

 

                        काठमाडौं, फागुन ३ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।

निगम सञ्चालक समितिको आजको बैठकले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको हो ।

इण्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु १.८३ र डिजेलमा रु १.५६ बढेर आएको निगमले जनाएको छ ।

यसअनुसार पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु दुई रुपैयाँ वृद्धि भएको छ । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ ।

निगमले पहिलो, दोस्रो र तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर क्रमशः रु १६९.५०, १७१ र १७२ तथा डिजेल/मट्टीतेल क्रमशः १५७.५०, १५९ र १६० तोकेको छ । निगमले खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ।

 

 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  २१:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update