बझाङमा भूकम्पको धक्का
बझाङ, फागुन ४ । आज बिहान ९ बजेर ३२ मिनेट जाँदा बझाङको थलारा गाउँपालिका स्थित परकाट्ने केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार परकाट्ने आसपास केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो ।
यसअघि गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुममा मात्र एक सय ५३ जनाले अकालमा ज्यान गुमाएका थिए भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका थिए ।
प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८० १०:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय