Kath khabar
जर्मनीमाथि दुई गोलको जित हात पार्दै इंग्ल्याण्ड युरोकपको क्वाटरफाइनलमा, इंग्ल्याण्डको ५५ वर्षमा नयाँ इतिहास

यूरोप, असार १६ । इंग्ल्याण्ड युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । उपाधीको बलियो दाबेदार जर्मनीलाई हराएर उसले अन्तिम ८ मा स्थान बनाएको हो । वेम्बलीमा भएको खेलको पहिलो हाफ भने बराबरीमा रोकिएको थियो । दुवै टोलीले गोलको अवसर सदुपयोग गर्न सकेनन् ।

१६ औं मिनेटमा रहिम स्टर्लिङले पोष्ट नजिकैबाट गर्नुभएको प्रहार कप्तान तथा गोल रक्षक म्यानुएल नोएरले सुन्दर बचाउ गरि विफल बनाउनुभयो । २७ औं मिनेटमा ह्यारी मगाएरको हेडरले पोस्टको दिशा लिन सकेन ।

३२औं मिनेटमा जर्मनीका काइ हाभर्ट्जको पासमा टिमो वर्नरले वान भर्सेस वानको स्थितिमा पोष्ट नजिकैबाट गर्नुभएको प्रहार इंग्ल्याण्डका गोल रक्षक पिकफर्डले बचाउनु्भयो । इन्जुरी समयमा कप्तान हेरी केनले पनि पाएको उत्कृष्ट मौकालाई सदुपयोग गर्न सक्नुभएन ।

दोस्रो हाफको ७६ औँ मिनेटमा रहिम स्टर्लिङले इंग्ल्याण्डको खाता खोल्नु भयो । लुक स ले दिनुभएको सुन्दर क्रसमा उहाँले गोल गर्नुभएको हो । त्यसको केही समयमा थोमस मुलरले खेललाई एक गोलको बरबरी गर्ने र्माका गुमाउनुभयो, ८६ औँ मिनेटमा केनको गोलमा इंग्ल्याण्डले अग्रतालाई दोब्बर बनायो ।

५५ वर्षमा पहिलो पटक इंग्ल्याण्डले जर्मनीलाई हराउँदै क्वाटरफाइनल प्रवेश गरेको हो । साथै उसले युरोको प्रि क्वाटरफाइनलमा निर्धारित ९० मनेटभित्र दुई गोल गरि  पहिलो पटक जितेको छ । 

प्रकाशित मिति: बुधबार, असार १६, २०७८  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update