प्रतिनिधि सभा बैठक आज, सांसदका प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री दाहाल
काठमाडौं, फागुन ६ । प्रतिनिधि सभा बैठक आज संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदका प्रश्नको जवाफ दिने भएका छन् ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने छन् । त्यसपछि प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर श्रृङ्खला सुरु हुनेछ।
यस्तै बैठकमा आज अर्थ मन्त्री डा. महतले ‘बैकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्य सूचि रहेको छ।
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८० १०:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय