Kath khabar
क्रिस ओक्स र जो रुटको उत्कृष्ट प्रदर्शनमा इंग्ल्याण्डलाइ श्रीलंकाविरुद्ध अग्रता

इंग्ल्यााण्ड, असार १६ । इंग्ल्याण्ड श्रीलकांविरुद्धको तीन खेलको एक दिवसीय सिरिजमा एक सुन्यको अग्रता बनाएको छ । घरेलु टोली इंग्ल्यााण्डले पहिलो खेलमा श्रीलंकालाई पाँच विकेट हरायो ।

चेष्टर ले स्ट्रिटमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको श्रीलंका ४२ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर मात्र एक सय ८५ रनमा समेटिएको थियो। खराब सुरुवात गरेको उसले ८ दशमलब एक ओभरमा मात्र ४६ रन बनाउँदा तीन विकेट गुमाएको थियो। त्यसपछि कप्तान कुशल परेराले वानिन्डु हसरंगासँग मिलेर ९९ रनको साझेदारी गरेपछि श्रीलंकाले सम्मानजनक स्कोर बनाएको थियो ।

परेराले ७३ रनको पारी खेल्नु भयो । उहाँले ८१ बलमा सात चौका प्रहार गर्नुभएको थियो । यस्तनै हसरंगाले ५४ रनको पारी बनाउनु भएको थियो । त्यस बाहेक चमिक करुणा रत्नले १९ रन बनाउँदा बाँकी ८ खेलाडीले दोहोरो रन बनाउन सकेनन् । घातक बलिङ गर्नुभएका क्रिस ओक्सले १८ रन दिँदा सर्वाधिक चार विकेट लिनुभयो । यस्तै डेभिड विलीले तीन विकेट तथा मोहिन अलीले एक विकेट लिनु्भयो । एक सय ८६ रनको झिनो लक्ष्य इंग्ल्याण्डले ३४ दशमलव ५ ओभरमा पाँच विकेट गुमाएर पुरा गर्यो ।

पहिलो विकेटका लागि ओपनरद्धय जोनी बे्रस्र्टो र लियाम लिभिङस्टोनले मिलेर ५४ रनको साझेदारी गर्नुभएको थियो । त्यसपछि आउनु भएका जो रुटले इंग्ल्याण्डको पारी सम्हाल्दै अविजित ७९ रन जोड्नु भयो । यस्तै ब्रेस्टोले ४३ रनको पारी खेल्दा मोहिन अलिले २८ रनको योगदान गर्नुभयो । बलिङ तर्फ दुस्मन्था चमेरुाले तीन विकेट लिँदा बुनुरा फर्नान्डो र चमिका करुणारत्नेले एक एक विकेट लिनुभयो।

प्रकाशित मिति: बुधबार, असार १६, २०७८  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update