शौचालयमा महिलाको भिडियो खिचेको आरोपमा सशस्त्र प्रहरीका डिएसपी पक्राउ
काठमाडौं, फागुन ७ । सार्वजनिक स्थानमा महिलाको भिडियो बनाएको आरोपमा सशस्त्र प्रहरी बलका एकजना डीएसपी पक्राउ परेका छन् ।
स्वयम्भूस्थित एक रेष्टुरेन्टको शौचालयमा अनुमतिविना महिलाको भिडियो खिचेको आरोपमा पोखरा सशस्त्र प्रहरी बलको ४ नम्बर बाहिनीमा कार्यरत प्रहरी नायब उपरीक्षक डीएसपी तुलसिंह केसी पक्राउ परेका हुन् ।
महिलाको उजुरीपछि स्वयम्भू प्रहरी वृत्तको टोलीले उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८० १२:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय