करिब एक किलो सुनसहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ
काठमाडौं, फागुन ८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
३५ वर्षीय भारतीय नागरिक शरिफ अहमद अब्दुल गफुरलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयले अर्धठोस बनाएर ल्याइएको सुनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । फ्लाई दुबईको विमानबाट सोमबार राती काठमाडौं आएका उनलाई शंका लागेर जाँच गर्दा सुन फेला परेको हो ।
उनलाई थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय बुझाइएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८० १४:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय