Kath khabar
मङ्गोलियामा ४९ वर्षपछि भारी हिमपातः चिसोले ६ लाख ६७ हजार पशु मरे


                      उलान बातोर, फागुन ८ । यस हिउँदमा, मङ्गोलियामा भारी हिमपात भएको छ ।  जुन सन् १९७५ पछिको सबैभन्दा उच्च रहेको  मौसम विज्ञान र वातावरणीय अनुगमनका लागि राष्ट्रिय एजेन्सीले मङ्गलबार जनाएको छ।

यस हिउँदमा हालसम्म औसत हिमपात ९.६ मिलिमिटर पुगेको मौसम अनुगमन निकायले जनाएको छ । मङ्गोलियाका लगभग सबै प्रान्तहरूमा बारम्बार भारी हिमपात  भएको छ । बारम्बार हिमपातका कारण यस हिउँदमा चरम चिसोको अनुभव गरिएको एजेन्सीले जनाएको छ ।

देशको ८० प्रतिशतभन्दा बढी भाग हिउँले ढाकेको छ। सोमबारसम्म  मङ्गोलियामा अत्यधिक  चिसो मौसमका कारण हुने पशुको मृत्युको सङ्ख्या ६ लाख ६७ हजार ८४१ पुगेको छ। मङ्गोलिया संसारको नोमाडिक देशहरूको मध्ये एक हो यहाँ लगातार कडा हिमपात, धुलो, आँधीहुरी आइरहने कठोर महाद्वीपीय जलवायुले युक्त छ । (रासस-सिन्ह्वा)

 

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update