Kath khabar
पाँच वर्षीया छोरीसँगै आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु


                     झापा, फागुन ९ । गत शुक्रबार आफ्नो शरीरमा पाँच वर्षीया छोरीलाई बाधेर आत्मदाहको प्रयास गरेकी झापाको बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडा घलेगाउँकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी २८ वर्षीया माया रम्तेलको ६ दिनपछि आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताउनुभयो । उनकी छोरीको सोही दिन उपचारका क्रममा मृत्यु भएको थियो ।

फागुन ५ गते आफ्ना श्रीमान् राजन विश्वकर्मा परस्त्रीसँग लागेकाले बाध्य भएर आत्महत्याको बाटो रोज्नुपरेको ‘सुसाइड नोट’ प्रहरीले फेला परेको थियो । मायाका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही थालेको  प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update