Kath khabar
साधारण शेयरमा लगानी गर्ने बारेमा सोच्दै हुुनुहुन्छ ?

काठमाडौं, असार १६ । के तपाई साधारण शेयरमा लगानी गर्ने बारेमा सोच्दै हुुनुुहुन्छ ? यदि सोच्दै हुुनुहुन्छ भने युनियन लाइफ इन्स्योरेन्स कम्पनीले यही असार २४ गतेबाट ६४ करोड ५० लाख रुपैयाँको साधारण शेयरको बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीका अनुसार उक्त दिनबाट एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी ६४ लाख ५० हजार कित्ता साधारण शेयरको बिक्री खुल्ला गर्न लागिएको हो ।

प्रभुु क्यापिटल लिमिटेड शेयर निष्काशन तथा बिक्री प्रवन्धक रहेको कम्पनीको शेयर बिक्री कार्य छिटोमा असार २८ गते र ढिलोमा साउन सात गते बन्द हुुनेछ । खरिदकर्ताहरुले न्युनतम १० देखि अधिकतम तीन हजार दुुई सय ५० कित्तासम्मको शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

बिक्री गरिने कुुल शेयर मध्येमा पाँच प्रतिशत अर्थात तीन लाख २२ हजार पाँच सय कित्ता कर्मचारीहरुको लागि, पाँच प्रतिशत अर्थात तीन लाख २२ हजार पाँच सय कित्ता सामुुहिक लगानी कोषको लागि र बाँकी ५८ लाख पाँच हजार कित्ता भने सर्वसाधारणको लागि छुुट्याईएको बिक्री प्रर्वन्धक प्रभुु क्यापिटलले जनाएको छ । अधिकृत पुंजी दुई अर्ब १५ करोड रुपैयाँ रहेको कम्पनीको जारी पुंजी पनि दुई अर्ब १५ करोड रुपैयाँ नै रहेको छ ।

 

प्रकाशित मिति: बुधबार, असार १६, २०७८  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update