Kath khabar
युक्रेन पहिलो पटक युरोको क्वाटरफाइनलमा

यूरोप, असार १६ । अतिरिक्त समयमा स्विडेन माथि दुई एक गोलको जीत हात पार्दै युक्रेनले युरोकप २०२० को क्वाटरफाइनलमा स्थान बनाएको छ । युरोको सस्करणमा क्वाटरफाइनल पुगेको यो पहिलो पटक हो ।

ग्लासगो स्थित हाम्पडेन पार्कमा भएको खेलको निर्धारित समय एक एक गोलको बराबरीमा सकिएको थियो । स्विडेनले अघिल्ला खेल जस्तै आक्रमक खेल देखिएको थियो तर अग्रता भने युक्रेनले लिएको थियो । २७ औं मिनेटमा एलेक्जान्दर जिनचेन्कोले गोल गर्नुभएको थियो । तर त्यो अग्रता पहिलो हाफमै तोडियो ।

४३ औं मिनेटमा इमाइल फोर्सबर्गले गोल गर्दै खेल बराबरी गर्नुभएको थियो । ६९ औं मिनेटमा फोर्सबर्गको प्रहार क्रसबारमा लागेपछि स्विडेन निराश बनेको थियो । एकै युरोमा सर्वाधिक चार गोल गर्ने उहाँ पहिलो स्वीडीडस खेलाडी हुनुहुन्छ । निर्धारित समयमा दुवै गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । ९९ औं मिनेटमा दश खेलाडीमा समेटिएपछि स्विडेन दवावमा आयो । मार्कस डेनिएल्सनले खराब ट्याकल गरेका कारण सिधै रातो कार्ड पाउनुभयो ।

अतिरिक्त समयको दोस्रो हाफको इन्जुरी समयमा सब्सिच्युट आर्टेम डोबयकले गोल गरेपछि युक्रेनले दोस्रो पटक मुख्य प्रतियोगताको क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो । डोबयकको राष्ट्रिय टिमका लागि यो पहिलो गोल हो । यसअघि युक्रेनले २००६ को विश्वकपमा क्वाटरफाइनल सम्मको यात्रा तय गरेको थियो । यो खेल संगै युरोकपको क्वाटरफाइनल समीकरण पुरा भएको छ । अन्तिम आठमा स्पेन स्विटजरल्यान्ड, बेल्जियम इटाली, चेक रिपब्लिक र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ । क्वाटरफाइनलका खेल शुक्रबार बाट सुरु हुनेछन् । 


 

प्रकाशित मिति: बुधबार, असार १६, २०७८  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update