काठमाडौं, फागुन ११ । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार तोकिएको पत्र पढेर सुनाउनेछन् भने अर्थमन्त्री प्रकाशशरण महतले ‘भन्सार विधेयक २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यस्तै, आजको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति आरजु राणाले आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । तर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज पनि संसदमा विरोध जनाउने भएको छ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची रहेको थियो । तर, बैठक सञ्चालनका लागि आवश्यक संख्या नपुगे पछि बैठक आजसम्मका लागि स्थगित भएको हो ।