काठमाडौं, असार १६ । एनएमबी बैंकले एनएमबि सापटी २.०, एक आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालित कर्जा सेवा सुरू गरेको छ जस अन्तर्गत कर्जा प्रवाहको लागि आवेदन देखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप विना डिजिटल रूपमै गर्न सकिने जनाएको छ । यो नेपालमै पहिलो पटक’ चौबिसै घण्टा र सातै दिन पूर्ण स्वचालित रुपमा प्रदान गरिने कर्जा एनएमबि सापटीको निरन्तरता हो । यस सेवा बैंकसम्म नधाईकनै मोवाईलको प्रयोग बाट आवेदन दिएको ५ मिनेट भित्र नै प्राप्त गर्न सकिन्छ ।
एनएमबि सापटी वर्तमान परिवेशलाई ध्यानमा राख्दै व्यक्तिगत कर्जा उपयोग गरिरहेका ग्राहकहरुको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरुको परिपुर्तिको लागी प्रदान गरिने एक छोटो अवधिको धितो विनाको कर्जा हो । एनएमबिमा व्यक्तिगत कर्जा भएका ग्राहकहरुलाई २४ महिना सम्मको लचिलो अवधि सहित दुुई लाख रुपैयाँसम्म २४ अै घण्टा र ७ अै दिन कर्जा तुरुन्त उपलब्ध गराइनेछ । ग्राहकहरुले आफ्नो कर्जा चुक्ता अवधि, कर्जा चुक्ता गर्ने प्रकार, कर्जा रकम आफ्नो सहजताको आधारमा छनौट गर्न सक्नेछन् ।