काठमाडौं, फागुन १४ । चन्द्रमा पृथ्वीको एक मात्र प्राकृतिक उपग्रह हो । सौर्यमण्डलको पाँचौं ठूलो उपग्रह चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक छ । हामी सबैले आकाशमा चन्द्रमा चम्केको देखेका छौ तर यसको आफ्नो प्रकाश छैन, यो सूर्यको प्रकाशबाट चम्किने गर्दछ ।
हामीले हेर्दा सूर्य अनि चन्द्रमा करिब एकै आकारका देखिन्छन् । चन्द्रमा सूर्य भन्दा ४०० गुणा ठूलो सानो छ तर दुरीको हिसाबले सूर्य भन्दा करिब ४०० गुणा नजिक छ यही कारणले हामीले हाम्रो पृथ्वीबाट हेर्दा दुवैको आकार समान देख्छौ ।
पूर्णिमाको दिन देखिने पूर्ण चन्द्रमा, अरू बेला देखिने आधा चन्द्रमा भन्दा ९ गुणा बढी चम्किलो हुने गर्दछ । चन्द्रमालाई धेरै नामले चिनिन्छ । जस्तै ‘मिनिमुन’ ‘माइक्रोमुन’ ‘स्नो मुन’ र ‘हंगर मुन’ । गत शनिबारको रात उदाएको चन्द्रमालाई 'हंगर मुन' अर्थात ‘स्नो मुन’ भनिन्छ । स्नो मुन वा हंगर मुन किन किन भनिएको हो तपाइलाई थाहा छ ?
‘स्नो मुन’ नामको सुरुवात सन् १९३० को दशकमा भएको हो । यस सिजनमा भारी हिमपात हुने भएकाले उत्तर-पूर्वी अमेरिकाका जनजातिहरूले यसलाई स्नो मुन भन्ने गर्छन् । खराब मौसम र भारी हिमपातका कारण शिकार गर्न कठिन भएको हुनाले यस चन्द्रमालाई हंगर मुन पनि भनिन्छ।
चन्द्रमा हरेक दिन पूर्ण रूपमा गोलो देखिदैन । यसको आकार बढ्दै जान्छ र घट्दै जान्छ । चन्द्रमाले ३० दिनमा पृथ्वीको वरिपरि एक परिक्रमा पूरा गर्छ । यस अवधिमा, यो एक पटक पृथ्वी र सूर्यको बीचमा र एक पटक पृथ्वीको पछाडि आउँछ । परिक्रमा गर्दा यसले सूर्य र पृथ्वीसँग विभिन्न कोणहरू बनाउँछ । यहि चन्द्रमा जब पृथ्वीको पछाडि हुन्छ, सूर्यको किरण चन्द्रमामा खस्छ र सीधा पृथ्वीमा आउँछ र चन्द्रमा पूर्ण रूपमा गोलो देखिन्छ। चन्द्रमाको यो स्थितिलाई पूर्णिमाको रात भनिन्छ ।
महिनामा दुई पटक सूर्य, पृथ्वी र चन्द्रमाले समकोण बनाउँछ। यस्तो अवस्थामा चन्द्रमाको आधा भाग देखिन्छ । यसैगरी विभिन्न कोणका कारण चन्द्रमाको विभिन्न आकारहरू देखिन्छन्।