Kath khabar
रहेनन् भजनशिरोमणि भक्तराज आचार्य

 

                  काठमाडौं, फागुन १४ । भजन शिरोमणि उपाधि पाउनुभएका गायक तथा सङ्गीतकार भक्तराज आचार्यको ८१ वर्षको उमेरमा निधन भएको छ ।

सोमबार अपराह्न उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा उहाँको निधन भएको हो । उहाँको श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

स्वर्गीय आचार्यको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि मंगलबार बिहान ९ बजे संगीत तथा नाटक प्रतिष्ठान परिसरमा राखिने भएको छ ।

१९९९ सालमा धनकुटामा जन्मिनु भएका आचार्यको नेपाली संगीतमा विशिष्ट स्थान रहेको छ । आफ्नो जीवनकालमा आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिनुभएको छ ।

उहाँका ‘मुटु जलिरहेछ’, ‘जति चोट दिन्छौ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘हजार सपनाहरूको‘, ‘माया मेरी साँझ बनी’, ‘हजार आँखा हेर्ने’, ‘कोही नगरोस् प्रेम’ सहित सयौँ गीत चर्चित छन्  भने ‘एक दिन मैले प्रभुसँग’, ‘राम यहीँ छन्’, ‘भगवान् जीवन नाउ’, ‘दुर्गे देऊ भक्ति मलाई’, ‘तन मन वचन जस्ता लोकप्रिय भजन गाउनुभएको छ । स्वर्गीय आचार्यका दुई छोरा सत्यराज र स्वरूप राज पनि संगीत क्षेत्रमा सक्रिय छन् ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  २१:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update